नागढुंगाबाट २ किलो सुन बरामद

शुक्रबार, मंसिर २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद गरेको २४ घण्टा नबित्दै काठमाडौंको नागढुंगाबाट प्रहरीले फेरि २  किलो सुन बरामद गरेको छ ।

रसुवा नाकाबाट काठमाडौंतर्फ ल्याइँदै गरिएको उक्त सुन उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगाबाट बरामद गरेको जनाएको छ।

विशेष सूचनाका आधार उक्त २ किलो सुन बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्