सकियो कांग्रेस सभापतिहरुको भेला

शुक्रबार, असार २२, २०८०
Neuro hospital Nepalgunj

बाँके । नेपाली कांग्रेसहरुको भेला सकिएको छ। बिहीवारदेखि सुरु भएको पार्टीका जिल्ला सभापतिहरुको दुई दिने बैठक १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै सम्पन्न भएको छ ।

बैठकमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्राप्त सुझावलाई पार्टी तहमा छलफल गरी आवश्यकताअनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

बैठकमा जिल्ला सभापति योगेन्द्र पञ्जियार -धनुषा, रुपनारायण जवेगु -पाँचथर, दिनेश राई-धनकुटा, विष्णुकुमार राई-खोटाङ, किशोरदत्त बराल-कास्की, केदार भण्डारी-सुनसरी, राजेश्वर खनाल-चितवन, केशबहादुर विष्ट-सल्यान, नागेश्वर यादव-महोत्तरी, अरुणप्रकाश सिंह राठौर -वर्दिया र रमेशकुमार महत-नुवाकोटले आ–आफ्नो धारणा व्यक्त गरेको कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

यसैगरी जिल्ला सभापति कारणवस अनुपस्थित रहेका जिल्लाका हकमा कावा सभापति झपेन्द्र गैरे-पाल्पा, उपसभापति बीरबहादुर विष्ट-बैतडी, जिल्ला सचिव बालदीप कँडेल-सुर्खेत, अजय लुइटेल-ओखलढुङ्गा, केशवराज मिश्र-कैलाली, गुप्तनिधि शर्मा-पर्वत, माधवप्रसाद ढकाल-काभ्रे, प्रतिनिधि मुकेश सिंह-बारा र निर्मला खड्का-भोजपुरले आफ्नो विचार व्यक्त गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्