भारतबाट ल्याइएका अवैध राँगा बाँके प्रहरीको नियन्त्रणमा

शुक्रबार, मंसिर २२, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले भारतबाट अवैध रुपमा नेपाल ल्याइएका राँगा बरामद गरेको छ।

जिल्ला प्रहरी बाँकेबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुशील रावल र इलाका प्रहरी हिरमिनीयाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक जनक बुढाको संयुक्त टोलीले अवैध रुपमा नेपाल ल्याइएका ४ थान राँगा हिरमिनीयाबाट बरामद गरेको प्रहरीले जनाएको छ।

बिहीबार राती बरामद गरिएका १ लाख ४० हजार रुपैयाँ बराबरका  राँगालाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्