यू-१९ एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तान भिड्दै

शुक्रबार, मंसिर २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आजदेखि एसीसी यू–१९ एसिया कप क्रिकेट सुरु हुँदैछ। यूएईमा आयोजना भइरहेको एसिया कपको पहिलो खेलमा आज समूह ए अन्तर्गत नेपालले पाकिस्तानसँग खेल्दैछ।  

खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु भएको खेलमा नेपालले पहिलो ब्याटिङ गर्दैछ।

यू–१९ एसिया कपमा नेपाल रहेको समूह ए मा भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । 

नेपाली टिम देव खनालको कप्तानीमा मैदानमा उत्रदैछ । सिनियर टिमका गुल्सन झा पनि टिममा समावेश रहेका छन् । गुृल्सन एकैवर्ष यू–१९ र सिनियर टिममा खेल्ने पहिलो खेलाडीसमेत बनेका छन् । 

यसैसाल सिनियर टिमको एसिया कपमा पाकिस्तानविरुद्ध गुल्सनले खेलेका थिए । 

नेपाली टिममा देव खनाल (कप्तान), गुल्सन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपकप्रसाद घिमिरे, हेमन्त धामी, दिपेशप्रसाद कँडेल, बिशालविक्रम केसी,  सुबाश भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकास चन्द रहेका छन् ।नेपालले दोस्रो खेल मंसिर २४ गते अफगानिस्तानसँग र २६ गते भारतसँग खेल्नेछ । नेपाल ग्रुप अफ डेथमा रहेको हो । 

८ देशले भाग लिएको यू १९ एसिया कपको समूह बी मा बंगलादेश, जापान, श्रीलंका र यूएई रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । 

यो टिम भोलिको सिनियर टिम पनि भएको हुनाले यू–१९ टिमलाई निकै महत्वका साथ हेर्ने गरिन्छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्