पश्चिम नवलपरासीबाट ठुलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ

बुधबार, मंसिर २०, २०८०
Neuro hospital Nepalgunj

पश्चिम नवलपरासी । ठुलो परिमाणमा लागूऔषधसहित पश्चिम नवलपरासी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आज बिहान जिल्लाको रामग्राम-४ केरवानीस्थित भित्री सडकमा प्रहरी नायब निरीक्षक विश्नु राज तिम्सेनाको कमाण्डमा गएको टोलीले मोटरसाइकलसहित १ जनालाई हिरोईन लगायत अन्य ठुलो परिमाणमा लागूऔषध बरामद गरेको पश्चिम नवलपरासी प्रहरीले जानकारी दिएको छ।

प्रहरीले जिल्लाको पालिनन्दन गाउँपालिका-४ लोहलौरीका २१ वर्षीय  सागर गुप्ताबाट लु ६४ प ३७८८   १९६ थान Buprenorphine एम्पुल, डाइजेपाम एम्पुल १९८ थान, १९८ थान Phenergan एम्पुल र १२ ग्राम हेरोईन बरामद गरेको हो। 

प्रहरीले आज बिहान उक्त  मोटरसाइकलमा सवार ३ जनालाई  चेकजाँच गर्ने क्रममा एक जनाबाट लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ भने अन्य २ जनाको खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्