नेपालगन्जबाट भन्सार छलीको ठुलो परिमाणको अवैध सामाग्री बरामद

मंगलबार, मंसिर १९, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले भन्सार छली गरेर ल्याइएको ठुलो परिमाणमा अवैध सामाग्री बरामद गरेको छ।

बाँके प्रहरीको टोलीले नेपालगन्ज -१० गणेशमान चोकबाट तस्करी गरेर ल्याइएका चामल , चिनी र  पर्दा जस्ता अवैध सामाग्री बरामद गरेको जनाएको छ।

सोमबार बरामद गरिएको १६० थान झ्यालको पर्दा ,४० थान टेबल कभर ,१९ थान सिरानीको खोल , २५० किलो चिनी र १० बोरा चामल रहेको प्रहरीले जानकारी दिएको छ।

बरामद गरेको १ लाख २५ हजार बराबरका सबै अवैध सामाग्रीलाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्