'हामी केन्द्रीय सदस्य खाली नामको मात्र भयौं': दीपक गिरी

सोमबार, मंसिर १८, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । कांग्रेस भएर अरुलाई भोट हाल्ने छुट कसैलाई नभएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले बताएका छन् । 

केन्द्रीय सदस्य गिरीले लोकतन्त्रमा आफ्ना विचार राख्न पाइने भएपनि कांग्रेस बाहेक अरुलाई भोट हाल्न पाइँदैन भने । 

उनले सम्मेलनहरु भाषणमा मात्र केन्द्रित हुने गरेको बताउँदै ठोस सन्देश दिन सक्नुपर्नेमा जोड दिए । उनले नेता कार्यकर्तामा उर्जा प्रवाह गर्न पार्टी सशक्त ढंगले लाग्नुपर्ने बताए ।

गिरीले महासमिति बैठक पटक पटक सरेकोप्रति इंगित गर्दै भने-'महासमिति फेरि पुष १६-१७ गते सरेको सुनेको छु, केन्द्रीय सदस्य त हामी नाम मात्रका हौं, पदाधिकारीको मात्र मिटिंग बस्छ, हामी केन्द्रिय सदस्यलाई त थाहा नै दिइँदैन, तपाईंहरुले केन्द्रिय सदस्यज्यू भन्दिनुहुन्छ, त्यत्ति हो ।' 

केन्द्रीय सदस्य गिरीले नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनको उद्घाटन सत्रलाई शनिवार बुटवलमा सम्बोधन गर्दै सो कुरा भनेका हुन् ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्