अपाङ्गहरुका लागि सिपमुलक कार्यक्रमहरु ल्याउन आवश्यक छ: अध्यक्ष गिरी

सोमबार, मंसिर १८, २०८०
Neuro hospital Nepalgunj

दाङ । दाङको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले अपाङ्गता भएका ब्यक्तीहरुलाइ राज्यको मुल प्रवाहमा ल्याउन र सिपमुलक कार्यक्रमहरु अगाडी बढाउनु आजको आवस्यकता रहेको बताएका छन ।

उनले अपाङ्गता भएका ब्यक्तीहरुलाइ बोलाइने शब्दहरुलाइ ख्याल गरी माया र सद्भाव ब्यक्त गर्न आग्रह गरेका छन्  ।

आफु स्वयंपनि अपांग ब्यक्तीको अभिभावक रहेकाले पनि अपाङ्गता भएका ब्यक्तीको परिवारको पिडा राम्रोसङ्ग बुझेको बताए ।

अध्यक्ष गिरीले आफु निर्वाचित भएलगत्तै अपाङ्गता भएका ब्यक्तीहरुका लागी सेवा पहुच सम्बन्धि निर्णय गरेको जनाउदै अपाङ्गताको क्षेत्रमा आफुले ५ लाख बजेटनै छुट्टाएर कार्यक्रम अगाडि बढाएको दाबी गरे ।

अध्यक्ष गिरीले ३२ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले यस्तो बताएका हुन ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्