बोलेरो दुर्घटनामा चालकको मृत्यु

सोमबार, मंसिर १८, २०८०

ताप्लेजुङ । बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

ताप्लेजुङको सिरीजंघा गाउँपालिका-८ याम्फुदिनमा गए राति भएको दुर्घटनामा परी फुङ्लिङ नगरपालिका-५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले  जानकारी दिएको छ ।

उनका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र-१-०१-००१ ज-३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा सोही गाडीकै चालक लिम्बूको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक लुंगेलीले बताए।

ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा उक्त गाडीले नै चालकलाई किचेको जनाइएको छ ।  

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्