गणतन्त्रलाई उल्टाउने कुरा गर्नेको कुचेष्टा सफल हुदैन: केपी ओली

आइतबार, मंसिर १७, २०८०
Neuro hospital Nepalgunj

कालिकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेहरुबाट सचेत हुनुपर्ने बताएका छन् ।

समृद्धिका लागि सङ्कल्प यात्रामा निस्किएका ओलीले आज दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै गणतन्त्रलाई उल्टाउने कुरा गर्नेको कुचेष्टा सफल नहुने बताए । 

“आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो । त्यो लोकतन्त्र विरोधी हो।” उनले भने, ‘त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो ।” 

लोकतन्त्रको विरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको अध्यक्ष ओलीको भनाइ छ । “त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ ।” 

उनले भने, “नागरिकसँग भेटौँ र पार्टीका सन्देश जनताबीचमा पु¥याऔँ, नागरिकका कुरा सुन्न सकौँ भनेर एमालेले पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग अभियान चलाएको छ ।” रासस

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्