सुनको मूल्य १ लाख २० हजार २ सय..

आइतबार, मंसिर १७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आज सुनको मुल्य १८ सय रूपैयाँ बढेको छ ।

आज सुनको मूल्य १८ सयले बढेर प्रतितोला एक लाख २० हजार दुई सय पुगेको हो। यो अहिलेसम्मकै उच्च हो । यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ थियो ।

गत शुक्रबार प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बढेर एक लाख २० हजार २ सय रुपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

आज चाँदी तोलामा हालसम्मकै उच्च एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्