बुटवलमा कांग्रेसको प्रथम प्रदेश सम्मेलनको बन्द सत्र सुरु

आइतबार, मंसिर १७, २०८०
Neuro hospital Nepalgunj

रुपन्देही  । शनिबारदेखि रुपन्देहीको बुटवलमा सुरु भएको नेपाली कांग्रेसको प्रथम प्रदेश सम्मेलनको आजदेखि बन्द सत्र चलेको छ । 

आज बिहान १० बजेदेखि बन्द सत्र शुरु भएको हो । बन्द सत्रमा गत वर्षको समीक्षा र आगामी वर्षको योजना बारेमा छलफल हुँदैछ । 

यसअघि हिजो भएको उद्घाटन सत्रमा केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोर सिंह राठोर, केन्द्रीय सदस्यहरु, प्रदेश सभापतिहरु लगायतले सम्बोधन गरेका थिए । 

सम्बोधनका क्रममा कांग्रेस एकढिक्का भएर लय समात्नुपर्नेमा जोड दिइएको थियो । भ्रष्टाचार, बेथिति र जनअपेक्षाअनुसार काम गर्न नसकेकाबारेमा समेत चर्चा भएको थियो ।  

 

 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्