औषधि व्यवसायी संघको नेपालगञ्जमा वृहत् प्रशिक्षण कार्यक्रम

शनिबार, मंसिर १६, २०८०

नेपालगञ्ज। नेपाल औषधि व्यवसायी संघ बाँकेले बृहत व्यवसायी प्रशिक्षण कार्यक्रम गरेको छ । 

संघले आज नेपालगञ्जमा सकारात्मक सोच तथा व्यक्तित्व विकास, औषधि ऐन तथा विक्री वितरण संहिता र कर शिक्षा एवम् लेखा परीक्षण सम्बन्धि बृहत व्यवसायी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थोक उपाध्यक्ष शरदराज अधिकारीले जानकारी दिए ।

संघका अध्यक्ष जयदेव अवस्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्टिय ख्यातीप्राप्त उत्प्रेरक व्यक्तित्व राजु घलेले सकारात्मक सोच तथा व्यक्तित्व विकास सम्बन्धमा उत्प्रेरणात्मक प्रशिक्षण दिएको अधिकारीले बताए । 

कार्यक्रममा जिल्लाभरका औषधि व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

  

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  २१:५९
प्रतिक्रिया दिनुहोस्