सूचना प्रविधि तथा पुर्वाधार विकास समिति बैठक

बिहीबार, असार २८, २०८०

काठमाडौं । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति,  पूर्वाधार विकास समिति र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिनको १ बजे समितिको सभा हल सिंहदरबारमा बस्नेछ । 

बैठकमा युवा तथा खेलकुद मन्त्रालयको वर्तमान अवस्था  समस्या एवम् चुनौती सम्बन्धमा मन्त्री र सचिवहरूसँग समितिले छलफल गर्नेछ । 

त्यस्तै  पूर्वाधार विकास समिति  बैठक दिउसो १ बजे पूर्वाधार विकास समितिको हल सिंहदरबारमा बस्नेछ।बैठकमा आन्तरिक विषयमा छलफल हुने । 

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक  साढे ११  बजे समितिको सभा हल सिंहदरबारमा बस्दै छ ।  बैठकमा भूमि व्यवस्थापन सम्बन्धी वर्तमान समस्या तथा समाधान लगायतका विविध विषयमा मन्त्री  तथा मन्त्रालयका सचिवसँग छलफल हुनेछ । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्