रुपन्देहीमा स्कुल बसको ठक्करले दुई जनाको मृत्यु, बसमा आगजनी

शनिबार, मंसिर १६, २०८०
Neuro hospital Nepalgunj

रुपन्देही । स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीय बसमा आगजनी गरेका छन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले ठक्कर दिदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी रुपन्देहीले जनाएको छ।

आज उक्त बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको घटनास्थलमै मृत्यु भएपछि स्थानीयहरुले बसमा आगो लगाएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छिन् भने उनको भैरहवामा उपचार भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्