न्यायाधीशको राय बाझिदा बालकृष्ण खाँणको निर्णय अर्को इजलासले गर्ने

शुक्रबार, मंसिर १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको राय बाझिँदा थुनामै रहने भएका छन् । उनको हकमा न्यायाधीशको राय बाझिएपछि थुनामै रहने भएका हुन् ।

पूर्वगृहमन्‍त्री खाणलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने अर्को इजलासले निर्णय गर्ने भएको छ। आज उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएको हो।

दुई न्यायाधीशले दिएको राय बाझिँदा बालकृष्ण खाण थुनामा बस्ने कि धरौटीमा छुट्ने भन्ने निर्णय हुन सकेन। न्यायाधीश पाण्डेले खाँणसँग ३० लाख धरौटी रकम माग गर्दा अर्का न्यायाधीश खरेलले थुनामै राख्न आदेश दिएपछि उनीहरुको राय बाझिएको निर्णय हुन सकेन।

त्यस्तै अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो।

न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले आज रिजाललाई धरौटीमा छाड्न आदेश दिएको छ।

उच्च अदालतले नेपाली कांग्रेसका नेताले एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँमा धरौटीमा छोड्न आदेश दिएको हो।

सोही प्रकरणमा थुनामा रहेका  नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अदालतले  थुनामै राख्न आदेश दिएको छ। अदालतले उनका छोरा सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटी माग गरेको छ भने हज समितिका अध्यक्ष रहेका शमशेर मियाँलाई पनि १० लाख रुपैयाँ धरौटी मागेको छ।

साथै रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटी माग गर्ने अदालतले आदेश दिएको छ।लक्ष्मी महर्जन र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ। यसअघि जिल्ला अदालत काठमाडौंले महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

यसैगरी पूर्व गृह सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल र  आङटावा शेर्पा  सहित ८ जनालाई  थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको  छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्