डडेलधुरा पुगेर केपी ओलीले देउवालाई फोन गर्दै भने- 'जयनेपाल'

शुक्रबार, मंसिर १५, २०८०
Neuro hospital Nepalgunj

डडेलधुरा।  डडेलधुरा पुगेका  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् ।

एमालेको मध्य पहाडी लोकमार्ग पदयात्राको उद्घाटनका क्रममा डडेलधुरा पुगेका ओलीले देउवालाई आज बिहान आफू बसेको स्थानबाट फोन गरेका हुन् । 

ओली बिहीबार राति डडेलधुरा बजार भन्दा तल बसेका थिए ।  उनले डडेलधुराको गन्यापधुरा छेउमा पुगेर फोन गरेका हुन् ।

उनले देउवालाई तपाईँको जिल्लामा आएर सम्झिएको भनेका छन् । देउवाले पनि ओलीलाई डडेलधुरामा स्वागत छ भनेका छन् । 

ओलीले आज आफ्नो सामाजिक सञ्जालमा भिडियोसहित लेखेका छन्, सुन्दर डडेलधुरा !! मेरा मित्र शेरबहादुर देउवाको गृह जिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो। उहाँले आफू काठमाडौँमा भए पनि डडेलधुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी !

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्