उच्च अदालतमा भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो, आज निर्णय आउने

शुक्रबार, मंसिर १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको        उच्च अदालत पाटनमा यही मंसिर ५ गतेदेखि शुरू भएको सुनुवाइ सकिएको छ । 

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा बिहीबार सुनुवाइ सकिएको र आज निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । 

जिल्ला अदालत काठमाडौँले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले आज निर्णय सुनाउने भएको हो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्