घट्यो पेट्रोलियम पदार्थको मूल्य

बिहीबार, मंसिर १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज मध्यराति १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

निगमका अनुसार झापाको चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ ।

डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ । एलपी ग्यासको मुख्य देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  २२:२१
प्रतिक्रिया दिनुहोस्