आजबाट सुरु भयो एमालेको मध्यपहाडी लोकमार्ग पद यात्रा

बिहीबार, मंसिर १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आजबाट नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा शुरू भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरीमध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गरेका हुन् ।

 

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजबाट शुरू भएको हो । 

 

तीन साताको समय भित्र यसलाई पूरा गरिनेछ । जसअनुसार बैतडीको झुलाघाटबाट शुरू भएर चिवाभञ्ज्याङसम्म जारी रहनेछ ।

 

 

एमालेले झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यात्राले मुलुकमा समृद्धिको थप आधार तय गर्ने जनाउँदै लोकमार्गमा कम्तीमा ४० ओटा साना ठूला सभा गर्ने भएको छ । 

 

विकास र समृद्धिको लागि एमालेले पार्टीले मध्यपहाडी लोकमार्गको यात्राले समृद्धिको आधार तय गर्ने भन्दै ४० ओटा साना ठूला सभा गर्ने भएको हो । 

 

तीन सातासम्म जारी रहने पदयात्रामा मध्यपहाडी राजमार्ग क्षेत्रमा अवस्थित विभिन्न ठाउँमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाबारे छलफल र अन्तरक्रिया पनि गर्ने भएको छ ।

 

‘यो राष्ट्रिय अभियान हो । १० ओटा नयाँ सहरले पहाडी क्षेत्रको समृद्धि तय गर्ने छ । यो अभियानमा हामी युवा विद्यार्थी, प्राज्ञिक व्यक्तित्व, उद्योगी व्यवसायी, किसानहरूसँग गर्छौ र समृद्धिका अन्य पाटाहरू पनि पहिचान गर्छौँ’, एमाले प्रचार विभाग राजेन्द्र गौतमले भने । 

 

अभियानका क्रममा मुख्य सभा हुने स्थान 

१: बैतडी – गोठालापानी

२: दिपायल – अमरगढी

३: अछाम – मंगलसेन

४: दैलेख – राकम

५: सुर्खेत –सुर्खेत बजार

६: रुकुमकोट – वामी टक्सार

७: पर्वत –कुश्मा

८: गोरखा – सुन्दरबजार

९: नुवाकोट –विदुर

१०: काभ्रेपलाञ्चोक – मण्डन

११:  दोलखा – चरिकोट

१२: ओखलढुंगा – हर्कपुर

१३: भोजपुर – वसन्तपुर

१४: पाँचथर– फिदिम

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्