स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्छ: सामान्य प्रशासन मन्त्री

मंगलबार, मंसिर १२, २०८०
Neuro hospital Nepalgunj

मोरङ । स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले बताएकी छन् ।

सामान्य प्रशासन मन्त्रालय र कोशी प्रदेश मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयद्वारा आज मोरङमा आयोजित ‘स्थानीय तहहरुको असल अभ्यास’ कार्यक्रममा सामान्य प्रशासनमन्त्रीले जनताका विकासका चाहना पूरा गर्न ठोस योजना बनाएर काम गर्नुपर्नेमा जोड दिए ।

उनले स्थानीय तहलाई नमूनाका रुपमा विकास गर्नुपर्ने बताए । 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त सङ्घीयतालाई कार्यान्वयन गर्नेतर्फ सबै राजनीतिक दल लाग्नुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सङ्घीय सरकारबाट बजेट वितरणमा भेदभाव भएको गुनासो गरे ।कार्यकक्रममा प्रदेशका १४ जिल्लाका स्थानीय तहका प्रमुखको उपस्थिती रहेको थियो।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्