चितवन सहायता कोष बेल्जियमको ८ औं अधिबेशनबाट अध्यक्षमा कँडेल सर्वसम्मत

मंगलबार, मंसिर १२, २०८०

बेल्जियम । बेल्जियमस्थित सामाजिक एवंम् परोपकारी संस्था चितवन सहायता कोष (क्याट बेल्जियम) को लुभेनमा सम्पन्न १६ औ बार्षिक साधारण सभा तथा आठौं अधिबेशनबाट इश्वरी कँडेलको चयन भएका छन् ।

बेल्जियमका लागि नेपाली दुतावासका तृतीय सचिब रमेश गैरे प्रमुख अतिथि एवंम् विशिष्ठ अतिथि क्याट बेल्जियमकी संस्थापक अध्यक्ष तथा गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटाद्वारा  पानसमा दीप प्रज्वलीत गरी संयुक्त रुपमा उद्घाटन गरेको कार्यक्रममा बोल्दै गैरेले क्याट बेल्जियममा प्रवासमा बस्ने नेपालीहरु मध्ये उत्कृष्ठ नेपालीहरु सदस्यहरु रहेकोमा खुशी प्रकट गर्दै संस्थाले सम्पन्न गरेका कामहरुप्रति प्रसंशा गरेका थिए । 

त्यस्तै गैरेले संस्थाहरु संचालन गर्दा आरोह अवरोहहरु आउने भएको हुँदा त्यस्ता अप्ठ्याराको सामना गर्दै   अगाडी बढे समाज र व्यक्ति स्वयमलाई सन्तोष मिल्ने भएकोले यस्तो कार्यलाई निरन्तरता दिनु पर्ने बताए।

उद्घाटन कार्यक्रममा बोल्दै सापकोटाले क्याट बेल्जियमको स्थापनाकालको स्मरण गर्दै हालसम्मका कामहरुले आफुलाई प्रसन्नता मिलेको विचार व्यक्त गरिन। 

सापकोटाले कर्म गरौ तर फलको आशा नगरौ भन्दै समाज सेवामा फल भन्दा पनि कर्मवाट प्रेरित हुनुपर्ने बताएकी हुन् ।

त्यस्तै नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले क्याट बेल्जियमले समाजमा राम्रो छवि बनाएको उदाहरण दिदै प्रवासमा भएका नेपालीहरुले स-साना परोपकारी काम गर्न सक्षम भएता पनि देश विकास, निर्माण र मागेको कुरा दिन सक्ने हैसियत अझै बनिनसकेको बताउँदै बेल्जियमको प्रति व्यक्ति आयको तुलनामा नेपालीहरुले निम्न स्तरको काम गरिरहेको बताए।

नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरनकुमार खवासले संस्थाका कामहरु गौरव गर्न लायक भएको हुँदा संघ जुनसुकै परिस्थितिमा क्याट बेल्जियमसंग सहकार्य गरेर जानसक्ने बताएका थिए। 

गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य मदन दवाडीले केन्द्रमा देखिएको विवादले नेपाल र प्रवासमा समेत प्रवासी नेपालीहरु शीर ठाडो बनाएर हिड्न सक्ने अवस्था नरहेको बताउँदै यो अवस्थाको अन्त्यका लागि सबैले पहल गर्नुपर्ने कुरामा जोड दिन आग्रह गरेका थिए।

दवाडीले आफु यो वा त्यो कुनै पक्षमा नरहेको र बिशुद्धरुपमा नेपाली समाजको रहेको बताए। 

अर्का केन्द्रीय सदस्य भीम सुबेदीले आफुहरुलाई बेल्जियमको नेपाली समाजले केन्द्रमा पठाएको बताउँदै केन्द्रमा देखिएको विवाद  छिटो समाधान हुनेमा आफु विश्वस्त रहेको बताए । 

नेपाली जनसम्पर्क समिति बेल्जियमका कार्यबाहक अध्यक्ष नरहरी सापकोटाले क्याट बेल्जियमले समुदायमा उदाहरणीय काम गरेकोमा खुशी प्रकट गदैै संस्थाहरुका लागि प्रेरणाको श्रोत भएको बताए । 

कार्यक्रममा जनप्रगतिशील मोर्चाका प्रतिनिधि मेघ गुरुङले संस्था संचालनमा सजिलो अप्ठ्यारो सबै प्रकारको अवस्था आउने भएकोले निश्चित स्थानमा पुर्याउन सबैले प्रयास गर्नुपर्ने सुझाब दिए । 

प्रवासी नेपाली मंचका प्रतिनिधी बिनोद न्यौपानेले संस्थाका कतिपय क्रियाकलापहरुले समाज र परिवारबीच हार्दिकता ल्याउन अत्यन्त महत्वपूर्ण भूमिका खेलेको बताउँदै यस्ता कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिन आग्रह गरे। 

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेलले संस्थाले गरेका क्रियाकलापहरुको प्रशंसा गर्दै संस्था समाज सेवाका लागि अझ बढी सक्रिय भएर लाग्नुपर्ने सुझाव दिए।  त्यस्तै संयुक्त किराँत समाजकी अध्यक्ष कबिता साउदेनले समाजमा थुप्रै राम्रा मानिसहरु भएता पनि अव आउने कार्य समितिमा राम्रा मानिसहरुको उपस्थिति हैन असल मानिसहरुको उपस्थिती हुनुपर्ने सुझाब दिए।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवंम् संरक्षक पार्वती अधिकारी, रामहरी घिमिरे, दिनेशप्रसाद भण्डारी, भूवन सुबेदी, नेपाल पत्रकार महासंघ युरोपका कार्यबाहक अध्यक्ष केजीन राई, लुम्बिनी–कपिलबस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदर प्रसाद आचार्य लगायतले संस्थाको विविध पक्षमा प्रकाश पार्नुका साथै कार्यंक्रमको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । 

अधिबेशनमा चितवन स्थायी घरभै बेज्जियममा बसोबास गर्दै उच्च शिक्षा हासिल गरेका प्रियंका गुरुङ, प्रवास पाण्डे र दिपेश सुबेदीलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो भने संस्थाको मानार्थ सदस्य प्राप्त गर्ने प्रभा न्यौपाने र केशब सुबेदीलाई प्रमाण पत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा बार्षिक प्रतिबेदन महासचिब शंकर बजगाईले तथा आर्थिक प्रतिबेदन कोषाध्यक्ष मोहन केसीले प्रस्तुत गरेका थिए । 

समितिको नयाँ कार्य समितिमा को-को छन् ?

दुई वर्षीय कार्यकालका लागि समितिका पदाधिकारीसदस्यहरु को नामावली-

अध्यक्ष-इश्वरी कँडेल

उपाध्यक्ष- शंकर बजगाई

उपाध्यक्ष- तेजेन्द्र कँडेल

महासचिब-मोहन केसी

सचिव- इश्वर प्रसाद चौधरी

सचिव-विष्णु पौडेल

कोषाध्यक्ष-नारायणप्रसाद पौडेल 

सदस्यहरु-

निर्मला बजगाई अधिकारी

राजकुमार श्रेष्ठ

रामशरण महतो

ओमप्रकाश गुरुङ

खीमराज न्यौपाने

सरस्वती सुबेदी

सबिन न्यौपाने

सन्तोष पौडेल 

झलकमणी अधिकारी

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्