कोहलपुर कांग्रेस उपसभापतिमा नारायण गौडेल निकट ऋषि सापकोटा निर्वाचित

सोमबार, मंसिर ११, २०८०
Neuro hospital Nepalgunj

कोहलपुर । नेपाली काँग्रेस कोहलपुर नगर उपसभापतिमा बाँके कांग्रेस पार्टी सभापति नारायण प्रसाद गौडेल निकट  ऋषि सापकोटा निर्वाचित भएका छन् ।

निकटतम् प्रतिस्पर्धी युवक ओलीलाई ६ मत अन्तरले पराजित गर्दै सापकोटा नगर उपसभापति भएका हुन् । सापकोटाले १२२ मत प्राप्त गर्दा ओलीले ११६ मत प्राप्त गरे । 

निकै प्रतिष्पर्धात्मक निर्वाचनमा सापकोटाले वाजी मार्न सफल भए । सापकोटा जिल्ला सदस्यमा पराजित भएका थिए । त्यस्तै अर्का प्रतिस्पर्धी चेतकान्त भट्टराईले भने केवल ३९ मत मात्रै प्राप्त गरे । ३२१ मतदाता संख्या रहेको कोहलपुरमा २८७ मत खसेको थियो ।

एक वर्ष अघि भएको निर्वाचनमा सुशिल सापकोटा निर्वाचित भएका थिए । उनी राजिनामा दिएर विदेश गएपछि उक्त पद रिक्त थियो । नवनिर्वाचित सापकोटाले पार्टीको संगठन सुदृढीकरण, विस्तार र पार्टी एकताका लागि आफ्नो तर्फबाट पहल गरिने बताए ।

यस्तै बाँके क्षेत्र नं १ प्रदेश ख को उपसभापतिमा भने जागेश्वर चौधरी सर्वसम्मत निर्वाचित भएका थिए । उनको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि निर्वाचन समितिले चौधरीलाई विजयी घोषणा गरेको हो । निर्वाचित उपसभापति डा. राजकुमार सुवेदीले पार्टी छाडेपछि उक्त पद रिक्त थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्