नेपालगन्जको धम्बोझीमा प्रदर्शन, पारियो सडक अवरुद्द

सोमबार, मंसिर ११, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपालगन्जको धम्बोझीमा टायर बालेर सडक अवरुद्ध पारिएको छ।

आइतबार साँझ दुर्घटनामा ज्यान गुमाएकी किशोरीका परिवार र आफन्तले नेपालगन्जको धम्बोझी चोकमा टायर बालेर सडकमा आवागमन रोकेका हुन् । 

उचित क्षतिपूर्ति र चालकलाई कडा कार्वाहीका माग गर्दै सडक अवरुद्ध पारिएको हो । आइतबार साँझ ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बसेकी नेपालगन्ज-१७ की १७ वर्षीया सालिनी पाठकको मृत्यु भएको थियो ।

मोटरसाइकल चालक उनका बुवा दीपककुमार पाठक घाइते भएका थिए । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्