कसैले चाहँदैमा देशमा राजतन्त्र फर्किदैन: देउवा

सोमबार, मंसिर ११, २०८०
Neuro hospital Nepalgunj

नवलपुर । कुनै हालतमा देशमा अब राजतन्त्र नफर्किने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठोकुवा गरेका छन् ।

आज नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कुनै हालतमा राजतन्त्र नफर्कने बताएका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘कसैले चाहँदैमा अब राजतन्त्र फर्किदैन । सार्वभौम संविधान सभाको निर्णयले गणतन्त्रको स्थापना भएकाले अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन ।’

राप्रपा र दुर्गा प्रसाईको नाम नलिँदै देउवाले कसैले चाहेर अब राजतन्त्र नफर्किने बताएका हुन ।

देउवाले भने, ‘पत्रकारले शेरबहादुर बोलेन भन्छ्न् मैले भन्नै पर्छ संविधान सभाले निर्णय गरेकाले अब राजतन्त्र फर्किदैन, सबै मिलेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र मजबुत बनाउन पर्छ ।’

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्