सुनको मूल्यले बनायो नयाँ रेकर्ड

सोमबार, मंसिर ११, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  सुनको मूल्यले नेपाली बजारमा आज  नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज हालसम्मकै उच्च रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

आइतबार छापावाला १ लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।  

आजको मूल्यले गत कात्तिक ११ गतेको उच्च रेकर्ड तोडेको हो । ११ कात्तिकमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज नयाँ रेकर्ड कायम भएको हो । ११ कात्तिकमा छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५०० रुपैयाँ पुगेको छ।  

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्