नेपालगञ्जमा ट्यांकरको ठक्करबाट एक युवतीको घटनास्थलमै मृत्यु

आइतबार, मंसिर १०, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्जमा ट्यांकरको भयानक  ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ ।

धम्बोझी चोक नजिकै आज साँझ ना.३ ख. ८८५२ नम्बर ट्यांकरले ठक्कर दिँदा नेपालगञ्ज-१७ की १७ बर्षीया युवती  सालिनी पाठकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

बुवाले चलाएको मोटरसाइकलमा पछाडि बसेकी पाठकको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्