नरैनापुर गाउँपालिकामा आज शोक बिदा

आइतबार, मंसिर १०, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज   । बाँकेको नरैनापुर गाउँपालिकाकामा आज शोक बिदा दिइएको छ। 

गाउँपालिकाका  अध्यक्ष इस्तियाक अहमद शाहका दाइ र वडा नं २ का अध्यक्ष मसुद अहमद शाहका काका  इतिहासविद् एवं मुस्लिम धर्मशास्त्रका ज्ञाता ( पिर) नरैनापुर गाउँपालिका वडा नं २ निवासी ७८ वर्षिय शैयद मुस्ताक अहमद शाहको निधनको शोकमा गाउँपालिकाले सार्वजनिक विदा दिएको छ।

गाउँपालिकाले एक विज्ञप्तिमार्फत  मंसिर १० गते  आज  नरैनापुर गाउँपालिका कार्यालय, मातहतका सबै वडा कार्यलयहरु तथा शैक्षिक संस्थाहरुमा समेत शोक विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैगरी गाउँपालिकाले कार्तिक पुर्णिमा असनान मेलाको अवसरमा समेत आज नै नरैनापुर गाउँपालिकाको कार्यपालिकाको निर्णय बमोजिम गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको उक्त बिज्ञप्तिमा भनिएको छ । 

दिवंगत मुस्ताक अहमद शाह नरैनापुरका लागि मात्र नभएर नेपाल र भारतमा धार्मिक सद्भावको सन्देश दिनुका साथै किशोरी शिक्षालाई अगाडि बढाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए। 

दिवंगत शाहलाई दैविय शक्ती प्राप्त रहेको भन्दै नेपाल र भारतका हजारौं भक्तजनहरूले आफ्नो मार्ग दर्शक मान्दै आएका थिए । उनको उपचारका क्रममा भारतको दिल्लीमा रहेको मेक्स अस्पतालमा गत बिहिबार राति निधन भएको थियो । उनको शनिबार इस्लामिक परम्पराअनुसार उच्च सम्मानका साथ अन्त्यष्टि गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्