डा.गोविन्द केसी मेडिकल माफियाबाट सन्चालित छन्: स्वास्थ्यमन्त्री

शनिबार, मंसिर ९, २०८०

काठमाडौँ ।   वरिष्ठ चिकित्सक डा.गोविन्द केसी मेडिकल माफियाहरुद्बारा सञ्चालित भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आरोप लगाएका छन् । 

वरिष्ठ चिकित्सक केसीले बेलाबेलामा अनसन बस्ने कुरा देश र जनताको अहितमा भए पनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरूको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सचेत गराए । 

उनले डा. केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आफूले कारबाही गर्ने चेतावनी समेत दिए । 

उनले भने,  'म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले । उहाँ बस्नु भएपछि तपाई फेरि सेतो कोट लगाएर उनको बचाउमा हिँडिहाल्नु हुन्छ । किन हिँडेको भनेर मैले सोधे । साथीहरूले काम चाहिँ गल्ती थियो । तर हामी हिँड्नपर्‍यो । अनि किन हिँड्या भनेको ? ज्यान जोगाई दिन मान्छे मर्न लाग्यो भनेर । त्यस्तो पनि कुरा हुन्छ । कन्भिन्स गर्नुपर्‍यो नि । यो देशका लागि अहित छ, नेपाली जनताको लागि अहित छ । अब हामीले यो काम गर्नु हुँदैन । तपाई आफू ठिक मान्छे हो । तर तपाईँलाई सञ्चालन गर्ने गिरोहहरू गलत छ भनेर भन्न किन नसक्ने रु अब भन्नुपर्छ तपाईँहरूले । होइन यो अभियान अगाडि बढ्दा तपाईँहरू ओल्टेकोल्टे हुन थाल्यो भने तपाईँहरूलाई पनि कारबाही हुन्छ । ’

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्