बर्दियामा आगलागी हुँदा एकै घरका ४ जनाको मृत्यु

शनिबार, मंसिर ९, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । बर्दियाको गुलरियामा  आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ ।

जिल्लाको गुलरिया नगरपालिका-४ तुलापुरको एक घरमा गएराती करिब १० बजेतिर आगलागी हुँदा चार जनाको मृत्यु भएको हो बर्दिया प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा रहेका छन् ।

आगलागीबाट घाइते भएकी २८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्