एक जना प्रहरी अधिकृतलाई ७ दिनभित्र हाजिर हुन गृह मन्त्रालयको निर्देशन

शुक्रबार, मंसिर ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल प्रहरीका एक जना प्रहरी अधिकृत (प्रहरी निरीक्षक/ इन्स्पेक्टर ) गत असोज १ गतेदेखि आफूखुशी बिदामा बस्दै आएका छन् । 

गृह मन्त्रालयले लामो समयदेखि आफूखुशी गैरहाजिर रहेका इन्स्पेक्टर टंक भट्टराईलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

मन्त्रालयले आज एक सूचना प्रकाशन गर्दै प्रहरी अस्पताल मेडिकल महाराजगंज दरबन्दी भएका प्राविधिक इन्स्पेक्टर भट्टराईलाई ७ दिनभित्र हाजिर हुन गृहले निर्देशन जारी गरेको हो।

गृह मन्त्रालयले ७ दिन भित्र चित्तबुझ्दो स्पष्टिकरणसहित इन्स्पेक्टर  भट्टराईलाई मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ।इन्स्पेक्टर भट्टराई  ७ दिन भित्र मन्त्रालयमा हाजिर नभएमा प्रहरी नियमावली अनुसार प्रहरी सेवाबाट हटाइने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्