दुर्गा प्रसाईं समूहले तीनकुनेमा गर्ने प्रदर्शनको अनुमति छैन: जिल्ला प्रशासन काठमाडौं

शुक्रबार, मंसिर ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले  तीनकुनेमा गर्ने भनिएको प्रदर्शनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंको समूहलाई तीनकुनेमा प्रदर्शन गर्नका लागी अनुमति नदिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार प्रसाईं समूहले कुनै समन्वयन नगरी तीनकुनेमा  कार्यक्रम घोषणा गरेको बताएपछि रोक लगाइएको हो।

बल्खुमा प्रसाईं समूहले बिहीवार अराजक शैलीमा प्रदर्शन गरेपछि प्रहरी र उक्त समूहबीच झडप भएको थियो। उक्त झडपम २६ जना घाइते भएका थिए। 

प्रसाईंले बिहीबारको  प्रदर्शनपछि पत्रकारसम्मेलन गरी निषेधित क्षेत्र तोड्ने गरी आज तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए। त्यस पश्चात् जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक समूहको तीनकुनेमा गर्ने भनिएको प्रदर्शनलाई अनुमति नदिएको हो।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्