श्रोत नखुलेको ८ लाखसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

शुक्रबार, मंसिर ८, २०८०

काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको ८ लाख बढी रकमसहित २ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका-३ का २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी पक्राउ गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बिहीवार मधेश प्रदेश ०२-००६प-१६२१ नम्बरको मोटरसाइकलमा  भारतबाट नेपालतर्फ आउँदै गर्दा चेकजाँचका क्रममा उनीहरुको साथ बाट स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीले रकमसहित पक्राउ परेका उनीहरुलाई आबश्यक कारबाहीका लागी जलेश्वर भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्