बहुला र फुस्केटको संज्ञा दिदै दुर्गा प्रसाईंमाथि खनिए महेश बस्नेत

बिहीबार, मंसिर ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । बहुला र फुस्केटको संज्ञा दिदै नेकपा एमालेका नेता महेश बस्नेत दुर्गा प्रसाईँमाथि खनिएका छन्। 

नेकपा एमाले निकट युवा सङ्घले काठमाडौंको तीनकुनेमा सरकारविरुद्ध गरेको प्रदर्शनमा बोल्दै बस्नेत प्रसाईँमाथि खनिएका छन् । 

उनले प्रसाईँलाई बहुलाको संज्ञा समेत दिएका छन् । अहिले सल्लाको धूप मात्र हालेको उनले बताए । 

उनले छोटो आयु भएको प्रचण्ड सरकार रमाइरहेको टिप्पणी गरेका छन् । उनले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्