केपीलाई लक्षित गर्दै दुर्गा प्रसाईंले भने-'युवा संघका कार्यकर्ताले चेलीको बलात्कार गर्न खोजे'

बिहीबार, मंसिर ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  बल्खुमा आज गरिएको प्रदर्शनका क्रममा दुर्गा प्रसाईँले युवासंघका कार्यकर्ताले चेलीको बलात्कार गर्न खोजेको आरोप लगाएका छन् । 

युवासंघले प्रदर्शनमा आएका महिलालाई पार्टी प्यालेसबाट राति खेदाएको विषयमा प्रसाईँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गुनासो गरेका हुन् । 

उनले अध्यक्ष ओलीलाई हजुरबुबा भन्दै भने ," म हजुरबुबालाई राम्रोसँग भन्छु । गरिब गाउँबाट आएका चेलीलाई राति सुतेको ठाउँमा तपाईँका कमान्डका मानिसहरूले बलात्कार गर्न खोजे हजुरबुबा ।"

प्रसाईँको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले बल्खुमा गरेको शक्ति प्रदर्शनमा उनले यस्तो बताएका हुन् । 

उनले राष्ट्रिय दलाल, तस्करहरूबाट देश सञ्चालन भएको आरोप लगाएका छन् । देशमा सबैभन्दा बडी सुन तस्कर भएर भारत जाने गरेको बताए । 

राजा महेन्द्रको पालमा उद्योग राष्ट्रको रूपमा नेपाल स्थापित भएको तर नेताहरूले डामाडोल बनाएको आरोप लगाए । नेपाल अहिले तस्करीको देश बनेका उनको भनाइ छ । मारवाडी र नेता बलियो भए पनि व्यापारी धराशायी भएको उनले बताए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सलेन्डर गर्न उनले सुझाव दिएका छन्।  प्रचण्डसँग २० वर्षसँगै काम गरेको भन्दै उनले भने, "तपाई सलेन्डर गर्नुस् । जनतासँग आउनुहोस्"। उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रसाईं पक्षबीच झडप हुँदा १३ जना घाइते भएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्