बल्खु झडपमा १३ जना घाइते

बिहीबार, मंसिर ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । बल्खुमाम आज गरिएको दुर्गा प्रसाई समूहको प्रदर्शनमा प्रहरी र समूहको झडपम १३ जना घाइते भएका छन् ।

जुलुसलाई बल्खुबाट कालीमाटीतर्फ लैजान खोजिएपछि प्रहरीले बल प्रयोग गरेको थियो  ।

प्रहरीको बल प्रयोगबाट चिरञ्जीवी बस्नेतसहित १३ जना घाइते भएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रवक्ता राजानन्द माण्डब्यले बताए । 

उनीहरूको वयोधा हस्पिटलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्