सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने गरी निर्वाचन आयोगले प्रस्ताव गरेको छ।
आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज भेट्दै माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव गरेका हुन् ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २ जना सांसदको पदावधि सकिँदैछ । त्यसको ३५ दन अगावै अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
फागुन २० गते नेकपा एमालेका ९, नेपाली कांग्रेसका ४,नेकपा माओवादीका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टी (जसपा) का १ र स्वतन्त्र सांसद १ जना सांसदको पदावधि सकिदै छ।