बल्खुबाट कालिमाटी पस्न खोजेपछि प्रहरी र दुर्गा प्रसाईं समूहबीच झडप

बिहीबार, मंसिर ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ।

बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको छ ।

प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् ।


प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्