बल्खुमा युवा संघ र दुर्गा प्रसाईं पक्षबीच झडप

बिहीबार, मंसिर ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंको बल्खु चोकमा झडप भएको छ।युवा संघको बाइक र्‍याली कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन जाने क्रममा ढुंगाप्रहार भएपछि झडप भएको हो ।

बाइक बल्खुमा र्‍यालीमाथि ढुंगाप्रहार भएपछि तोडफोड र ढुंगामुढा भएको हो । त्यस क्षेत्रमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ ।

सोही क्रममा युवासंघको र्‍याली बल्खुमा पुगेपछि ढुंगाप्रहार भएको हो। 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्