धनकुटामा एकै परिवारका तीन जना मृत भेटिए

बिहीबार, मंसिर ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । एकै परिवारका तीन जना धनकुटामा मृत फेला परेका छन् ।

प्रहरीका अनुसार धनकुटा नगरपालिका १ निगोलका ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका छन् ।

टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको छ भने भिमा र आयुष खाटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले  जानकारी दिएको छ।उनीहरुकी ६ वर्षीया छोरी छिमेकीको घरमा रहेका कारण सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा आत्महत्याजस्तो देखिएको तर  पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै सबै कुरा खुल्ने प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्