भूकम्पले हल्लायो काठमाडौं उपत्यका

बिहीबार, मंसिर ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आज बिहानै भूकम्प गएको छ । उक्त भूकम्पले बागमती प्रदेशका धेरैजसो जिल्लालाई हल्लाएको छ । मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर गएको ४.५ रेक्टर स्केलको भूकम्पले बागमतीका जिल्लाहरुलाई हल्लाएको हो । 

बिहान १ बजेर १९ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । यो भूकम्प नयाँ नभइ २०७२ सालको विनाशकारी गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ । 

निकै छोटो समयका लागि उक्त भूकम्पको पराकम्पन आएको थियो । तर यसको धक्का भने ठूलो भएकाले उपत्यकामासमेत मानिसहरुलाई झस्काएर बाहिर निस्कन बाध्य पारेको थियो । 

जाजरकोटको भूकम्पको असरको घाउ पुरिन नपाउँदै पछिल्लो समय पराकम्पन आउने क्रम जारी छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्