दुर्गा प्रसाईं समूहले आज ८ ठाँउबाट जुलुस निकाल्दै

बिहीबार, मंसिर ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आज मंसिर ७ गते। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आह ८ ठाउँबाट प्रदर्शन गर्ने गरी कार्यक्रम तय गरेको छ । 

बल्खुमा हुने कार्यक्रममा पुग्नका लागि ८ ठाउँबाट जुलुश निकालिने गरी कार्यतालिका सार्वजनिक गरेको हो । धार्मिक झण्डा र राष्ट्रिय झण्डा बाहेक अन्य कुनै झण्डा प्रयोग गर्न नपाउने गरी बिहान १० बजेबाट प्रर्दशन शुरु गरिने भएको हो । 

परीक्षा नियन्त्रण कार्यालय बल्खु अगाडिको खुला चौर, भक्तपुर सानोठिमी, गंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, त्रिवि प्रवेशद्वार अगाडि र चाबहिलबाट जुलुश निस्कने गरी कार्यतालिका सार्वजनिक गरेको हो । 

एमाले निकट युवा संघले पनि बिहीबार नै कार्यक्रम गर्दैछ । संघले मंगलबार र बुधबार साँझ  मशाल जुलुश प्रदर्शन गरेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईंलाई बल्खु र युवा संघको कार्यक्रम तीनकुनेमा गर्न अनुमति दिएको छ । 

तर दुवै समूहका समर्थकबीच उपत्यकामा भित्रिने नाकाहरूमा मुठभेड हुन सक्ने सुरक्षा निकायको आशंका छ । चारवटै सुरक्षा निकायको संयुक्त बैठकपछि उपत्यकामा भित्रिने नाकाहरूमा चेकजाँचमा कडाइ गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्