विश्वकप छनौट: नेपालले आज बेलुका यमनविरुद्द खेल्दै

मंगलबार, मंसिर ५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आज नेपालले फिफा विश्वकप–२०२६ र एएफसी एसिया कप–२०२७ को संयुक्त छनोटका लागि यमनसँग खेल्दैछ। दशरथ रंगशालाआ नेपाल र यमनको आज बेलुकी ७ बजेबाट खेल सुरु हुने भएको छ।

नेपाल होम एन्ड अवेका आधारमा यमनसँग पहिलो खेल खेल्न लागेको हो।  खेलअघिको प्रिम्याच कन्फरेन्समा सोमबार दुवै टिमका कप्तान र मुख्य प्रशिक्षकले राम्रो खेल खेल्ने दाबी गरेका छन् । 

फिफा वरीयतामा यमन १५६औँ स्थानमा रहेको छ भने नेपाल १७३ औँ स्थानमा रहेको छ । घरेलु मैदानमा खेल्ने भएकाले नेपालले अनुकूल परिणाम निकाल्ने अपेक्षा गरिएको छ । 

आयोजनाको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दर्शकका लागि साधारण पारापिटतर्फ चार सय र भीआईपी पारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर कायम गरिएको छ । 

खेलको टिकटहरू खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने एन्फाले जनाएको छ ।

त्यसैगरी दर्शकलाई घर फर्कनका लागि बसकोसमेत व्यवस्था रहेको पनि एन्फाले जनाएको छ । एन्फा महासचिव किरण राईले खेल राति सकिने भएकाले यातायात नहुने दर्शकका लागि बसको व्यवस्था गरिएको जनाए।

विश्वकप एसिया छनोटमा नेपाल समूह एच मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन रहेका छन् । होम एन्ड अवेका आधारमा खेल खेल्न लागिएको हो । 

पहिलो खेलमा नेपाल अवे खेलमा यूएईसँग ४–० को हार बेहोरेको थियो । ३९ सालपछि नेपालले यूएईसँग खेलेको हो । आजको खेल घरेलु मैदानमा हुने हुँदा नेपालले यसको फाइदा उठाउन सक्ने सम्भावना छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्