रसुवा नाकाबाट लाखौं मूल्यको सुनसहित ३ जना पक्राउ

मंगलबार, मंसिर ५, २०८०
Neuro hospital Nepalgunj

रसुवा  ।  रसुवागढी नाकाबाट  ३ जना लाखौं मूल्यको सुनसहित पक्राउ गरेको छ। 

चीनबाट नेपाल आइरहेका उनीहरुलाई रसुवा भन्सार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली १३ लाखभन्दा बढी मूल्य बराबरका सुनका गरगहनासहित पक्राउ गरेको हो।

१३ लाख ८८ हजार ४ सय रुपैयाँ बराबरको सुनसहित पक्राउ हुनेहरुमा आमाछोदिङमो गाउँपालिका- ५ गोङ्गाङ , रसुवाका २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नं.५ तातोपानीकी ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका-३ ब्रिदीमका २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ रहेका छन् ।

सोमबार साँझ पक्राउ परेका उनीहरुसँग थप अनुसन्धान भइरहेको रसुवा भन्सारले जनाएको छ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्