तुलसीपुरको गाइडरमा सहोदर दाजुभाइ घरभित्र मृत भेटिए

मंगलबार, मंसिर ५, २०८०
Neuro hospital Nepalgunj

तुलसीपुर ( दाङ ) । दाङको तुलसीपुरमा एकै घरका सहोदर दाजुभाइ मृत फेला परेका छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत हिजो मृत फेला परेका हुन् । 

उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे । मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ  । 

मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी आज फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ । 

आज शव निकालेर शव परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्