चौरजहारीमा जिप दुर्घटना हुँदा २२ यात्रु घाइते, ७ को अवस्था गम्भीर

सोमबार, मंसिर ४, २०८०
Neuro hospital Nepalgunj

रुकुम। रूकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । आज बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी नगरपालिका-८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त जिप सडकबाट करिब २ सय मिटर तल भेरी नदी किनारमा खसेको हो ।

जिपमा सवार भएका २२ जना घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। घाइते सबैको उद्दार गरि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

तिब्र गति र क्षमता भन्दा बढी यात्रु रहेका कारण दुर्घटना भएक हुन सक्ने प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्