विश्वकप क्रिकेट फाइनल: अष्ट्रेलियालाई भारतले दियो २४१ रनको टार्गेट

आइतबार, मंसिर ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आज भारतमा जारी विश्वकप क्रिकेटको फाइनल खेलमा अष्ट्रेलिया र भारत भिडिरहेका छन् । टस जितेर अष्ट्रेलियाले  बलिङ रोजेपछी पहिलो ब्याटिङ गरेको  भारतले     अष्ट्रेलियालाई   २४१ रनको लक्ष्य दिएको छ।

भारतले ५०   ओभरमा ९   विकेट  गुमाउँदै  २४०  रन बनाएको हो । भारतका लागि केएल राहुलले १०७ बल खेल्दै सर्वाधिक  ६६ रन  बनाए। 

अष्ट्रेलियाका लागि  मिकेल स्टारले  सर्वाधिक ३   विकेट लिए ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भइरहेको फाइनल खेलमा १ लाख २० हजार दर्शक उपस्थित छन् ।

 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्