फ्रान्सले गर्यो इतिहासमै सबैभन्दा धेरै गोल, जिब्राल्टरविरुद्द १४ गोल

आइतबार, मंसिर ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । फ्रान्सले जिब्राल्टरमाथि गोलको वर्षा गर्दै खेल अवधिभर १४ गोल गरेको छ। 

युरोकप फुटबल छनोट अन्तर्गत फ्रान्सले गोलको शनिबार राती भएको समूह "बी" को खेलमा फ्रान्सले जिब्राल्टरलाई १४–० ले हराएको हो । फ्रान्सले १४ गोल गर्दै कृतिमान कायम गर्दै  अन्तराष्ट्रिय फुटबलमा यो नै फ्रान्सको सबैभन्दा ठूलो जित हो ।

फ्रान्सको जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरे । ओलिभर जिरुले दुई गोल गरेका थिए। जिब्राल्टरका सान्तोष खेलको १८ औँ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सीमित बनेको थियो । 

पहिलो हाफमा ७ गोल गर्ने फरक खेलाडीको सूचीमा युवा खेलाडी वारेन जैर एमरीले एक थिए। सन् १९१४ पछि फ्रान्सका लागि गोल गर्ने उनी सबैभन्दा कान्छा खेलाडी बने । 

एथन सान्तोषले तीन मिनेटमै आत्मघाती गोल गरेपछि फ्रान्स अघि बढेको थियो । मार्कस थुरम, जैर एमरी, क्लास, किग्स कोमन र युसुफ फोफाना, एड्रियन राबिटो, कोमेन र उसमान डेम्बेले एक एक गोल गरे ।

फ्रान्सले ३९ प्रहार जिब्राल्टरको पोस्टमा गरेको थियो । सतप्रतिशत जितसहित फ्रान्स २१ अंक सहित समूहको शीर्ष स्थानमा छ । जिब्राल्टर अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ । यस समूहबाट नेदरल्यान्ड र फ्रान्स युरोकपमा छनौट भइसकेका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्