आज विश्वकप क्रिकेट फाइनल: अष्ट्रेलिया र भारत भिड्दै

आइतबार, मंसिर ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेट २०२३ को  फाइनल खेल आज हुँदैछ।विश्वकपको फाइनलमा सबैभन्दा बढी पटक विश्वकप विजेता अष्ट्रेलिया र भारतबीच फाइनल हुन लागेको हो। 

जारी विश्वकपमा भारत एक मात्र अपराजित राष्ट्र हो भने पछिल्लो समय अष्ट्रेलिया खेल सुध्रादै फर्ममा आएर फाइनल यात्रा तय गरेको हो। फाइनल आज अहमदावादमा दिउँसो २:१५ बजेबाट सुरु हुँदैछ  ।

अष्ट्रेलियाले सबैभन्दा बढी ५ पटक र भारतले २ पटक विश्वकप जितेका छन् । जसमा अष्ट्रेलिया सन् १९८७, १९९९, २००३, २००७ र २०१५ र भारत सन्  १९८३ र २०११ को विश्वकप विजेता हुन् ।

आज हुने विश्वकप फाइनल अष्ट्रेलिया अथवा भारत मध्ये कुजै एक टोलीले जित्ने पक्कै हो। फाइनल जित्ने राष्ट्रले ४० लाख अमेरिकी डलर ( ५३ करोड ३० लाख नेपाली रुपैयाँ ) र ट्रफी पुरस्कार पाउने छ ।

यो पल्ट विश्वकप जित्ने टिमलाई ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाउने छ भने उपविजेता राष्ट्रले २० लाख डलर (२६ करोड ६५ लाख नेपाली रुपैयाँ) पुरस्कार पाउने छ ।

त्यस्तै सेमिफाइनल पुगेका दक्षिण अफ्रिका  र न्यूजिल्याण्डले ८-८ लाख डलर (१० करोड ६६ लाख रुपैयाँ) नगद पाउने छन् । विश्वकपको समूह चरणबाटै बाहिरिएका राष्ट्रहरुले १( लाख डलर ९१ करोड ३३ लाख नेपाली रुपैयाँ ) पाउने छन् ।

हालसम्मका विश्वकपमा अष्ट्रेलिया र भारत १३ पटक भिडेका छन् । जसमा अष्ट्रेलियाले ८ र भारतले ५ पटक जितेको छ। सेमिफाइनलमा अष्ट्रेलियाले साउथ अफ्रिका र भारतले न्यूजिल्याण्डलाई पराजित गर्दै फाइनल पुगेका हुन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्