गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

बुधबार, असार २७, २०८०
Neuro hospital Nepalgunj

झापा। भ्रष्टाचार मुद्दामा झापाका  गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा  दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा गाउँपालिकाका अध्‍यक्ष जय नारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  

अख्तियारले  भ्रष्टाचारकै आरोपमा झापा गाँउपालिकाकै  तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दङ्गाल, इञ्जिनियर अभिषेक दास र सव इञ्जिनियर विज्ञान चम्लागाईविरुद्ध २२ लाख नौ हजार आठ सय २३ दशमलव ४० रकम बढी भुक्तानी दिएको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले झापा गाउँपालिकाका अध्यक्ष साहले उपभोक्ता समितिलाई बढी भुक्तानी दिने गलत सिफारिस गरेकाले कानुनबमोजिम कैद र जरिवानाको गरिएको छ ।

त्यस्तै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष बुढाथोकीलाई पनि कैद र जरिवाना हुन मागदाबी गरिएको छ ।

आयोगले गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हरिबहादुर बाँनिया, वडा–७ का तत्कालीन वडाध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा–३ का तत्कालीन वडाध्यक्ष मोतिलाल गणेशलाई पनि  कानुन बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्